टेक्सास – अमेरिकाको टेक्सास राज्यमा एक बन्धुनकारीले जथाभावि गोली चलाउँदा १८ जना बालकालिका सहित २१ जनाको अकालमा ज्यान गएको छ । टेक्सास राज्यको युभाल्ड सहरमा इलेमेन्टरी स्कुलमा पसेर अन्धाधुन्ध गोली चलाउँदा यस्तो विभत्स घटना घट्न गएको हो ।

विद्यालयभित्र पसेर अन्धाधुन्ध गोली चलाउने ती बन्धुकधारी १८ वर्षीय साल्भाडोर रामोस नामका किशोर पनि मारिएका छन् । दक्षिणी टेक्साको युभाल्डस्थित रब इलेमेन्टरी स्कुलमा पसेर ती किशोरले बालबालिकाहरुमाथि अन्धाधुन्ध बन्दुक चलाए हत्या गरेको टेक्सासको सार्वजनिक सुरक्षा विभागका अधिकारीहरुले बताएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । उक्त घटना ती १८ वर्षीय किशोरको मात्रै संलग्नता रहेको सुरक्षा अधिकारीहरुको भनाइ छ ।

समाचारमा जनाइए अनुसार ती किशोरले विद्यालयमा प्रवेश गरेर गोली चलाउनु अघि आफ्नी हजुरआमा गोलि हानेको र त्यसपछि विद्यालयमा गै अन्दाधुन्ध गोली चलाएको त्यहाँका सुरक्षा प्रहरीले जानकारी गराएको अन्तराष्ट्रिय समाचार संस्था सिएनएनले जनाइएको छ ।

एक दशकअघि कनेक्टिकटमा स्कुलमा पनि यस्तै घटना घटेको थियो । त्यसबेला पनि गोली हानी २० जना बालबालिका र ६ जना वयस्क मानिसहरुको मारिएका थिए । एक दशक पछिको यो सबैभन्दा ठूलो घटना भएको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्एक दशकअघि कनेक्टिकटमा स्कुलमा पनि यस्तै घटना घटेको थियो । त्यसबेला पनि गोली हानी २० जना बालबालिका र ६ जना वयस्क मानिसहरुको मारिएका थिए । एक दशक पछिको यो सबैभन्दा ठूलो घटना भएको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

स्थानीय समयअनुसार बिहान करिब ११:३२ बजे रोब इलिमेन्टरी स्कुलमा उक्त घटना भएको हो । त्यहाँको सुरक्षा अधिकारीले बताएअनुसार मारिने विद्यार्थीहरुमा दुई, तीन र चार कक्षामा अध्ययनरत बालबालिकाहरू रहेका छन् ।