फाइल तस्वीर
काठमाडौं – नेपाली फुटबलको राष्ट्रिय टिमका कप्तान किरण लिम्बु यसपटक राष्ट्रिय टिममा नअटाएपछि एन्फाले नवयुग श्रेष्ठलाई राष्ट्रिय फुटबल टिमको कप्तानको जिम्मेवारी लिएको छ । एन्फाले आजमात्रै नवयुगलाई राष्ट्रिय टिमको कप्तानको जिम्मेवारी दिएको हो ।

राष्ट्रिय फुटबल टिमका प्रशिक्षक र खेलाडीहरुबीचको विवादले कप्तान किरण लिम्बु, रोहित चन्द, विमल घर्तीमगरलगायत सिनियर ११ खेलाडी टिम बाहिर रहेपछि राष्ट्रिय टिमको कप्तानको जिम्मेवारी नवयुगले पाएका हुन् ।

उपकप्तान रोहित चन्दसहित १० खेलाडीको कदममा किरणले समेत खेलाडीको आधारभूत आवश्यकताको विषयमा कुरा उठाएका थिए । कतारमा हुने एसिया कप छनोट खेल्ने नवयुग श्रेष्ठको कप्तानीमा रहेको राष्ट्रिय फुटबल टिमलाई एन्फाले आज साँझ औपचारिक कार्यक्रमको आयोजना गरेर बिदाई गरेको छ ।