फाइल तस्वीर ।
काठमाडौं – देशकै ठूलो र पूरानो काठमाडौं महानगरपालिकाको मत गणनाको नतिजा सुन्न अझै दुई दिन पर्खनु भने छ । महानगरपालिकाको मत गणनाको काम भैरहेको छ । प्राप्त पछिल्लो मत गणनाको तथ्याङ्क अनुसार मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले आफ्ना निकटम प्रतिस्पर्धीलाई फराकिलो मतान्तरले पछि पार्दै ५१ हजार ५ सय ९६ मत प्राप्त गर्नुभएको छ ।


साहका निकटम प्रतिस्पर्धी गठबन्धनकी साझा उम्मेदवार नेपाली काङ्ग्रेसकी सिर्जना सिंहले ३२ हजार ४ सय ३० मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३१ हजार ८ सय ५६ मत प्राप्त गर्नुभएको छ ।

महानगरपालिकामा अहिलेसम्म १ लाख ५७ हजार ३ सय १० मतगणना भइसकेको छ । अझै करिब ४० हजार मत गणना गर्नु पर्ने छ । बिहीबारसम्ममा काठमाडौं महानगरपालिकाको मत गणनाको काम सम्पन्न हुने बताइएको छ ।