काठमाडौं – काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्स कलेजका विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । कलेजको कोअर्डिनेटर जनार्दन अधिकारीले छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् ।

सेन्ट लरेन्स कलेजमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुले विद्यायलकै युनिफर्ममा गौशालास्थित प्रहरी वृत्तअगाडि प्रर्दशन गरेका छन् । प्रदर्शनमा सहभागी एक विद्यार्थीका अनुसार सेन्ट लरेन्स कलेजका कोअर्डिनेटर अधिकारीले विद्यालयकी एक छात्रालाई पछिल्लो एक महिनायता यौन दुर्व्यवहार गर्दै आएको र आफ्नो कुरा अस्वीकार गरे ती छात्रालाई रेस्टिकेट गरिदिने धम्की दिने गरेका थिए ।

सामाजिक विषय पढाउने कोअर्डिनेटर अधिकारीले आफ्नो दाइ वा भाइसँग बेञ्चमा सँगै बसेकोमा पनि गाली गर्ने गरेको ती विद्यार्थीले बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा पनि कोअर्डिनेटर अधिकारीले ती छात्रामाथि दुव्र्यवहार गरेको ती विद्यार्थीले बताएका छन् । उनले फेसबुक कमेन्टमा पनि ‘विल यु बि माई बेड पार्टनर ? तिम्रो घर टाढा छ मेरो घरमै बस, भाडा पनि लिदिनँ । गाडी भाडा पनि मै दिन्छु । कलेजमा पनि फ्री गरिदिन्छु । तिमीले मेरो बेडको स्याटिस्फ्याक्सन पूरा गरिदिनुप¥यो’ लेखेको समेत बताइन् ।

प्रदर्शनमा सहभागी अर्का विद्यार्थीका अनुसार पीडित छात्रा भाग्न खोज्दासमेत कोअर्डिनेटरले जबरजस्ति समातेर दुव्र्यवहार गरेका थिए । विद्यार्थीहरूमाथि शिक्षकबाटै दुर्व्यवहार भएको भन्ने खबर पाएपछि प्रहरीको टोली घटनास्थल पुगेको थियो । अहिले प्रहरीले परिसर वृत्त गौशालाले घटनासम्बन्धी विस्तृत अनुसन्धान गरिरहेको बताएको छ ।