काठमाडौं – अपर हेवाखोला हाइड्रोपावर कम्पनीको आईपीओ खुलेको छ । आयोजना प्रभावित क्षेत्रका लागि कम्पनीले आजबाट आवेदन दिन मिल्ने गरी आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले एक सय अङ्कित मूल्य प्रतिकित्ताका दरले ५ लाख कित्ता आईपीओमा स्थानीयवासीबाट आवेदन माग गरेको हो ।

स्थानीयवासीले थोरैमा १० कित्तादेखि धेरैमा १ लाख कित्तासम्मका लागि आवेदन दिन पाउने छन् । हाइड्रोपावरको साधारण शेयरका लागि प्रभावित क्षेत्रका बासिन्दाले छिटोमा आज मङ्गलबारदेखि जेठ २४ र ढिलोमा असार ८ सम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड छ । प्रभावित क्षेत्रका बासिन्दापछि दोस्रो चरणमा कम्पनीले सर्वसाधारणका लागि आईपीओ खोल्ने तयारी गरेको छ ।