फाइल तस्वीर

वीरगञ्ज – बाराको जितपुर सिमरा–१०, बस्डिल्वा बस्ने २५ वर्षीय दीपक पासवानको हत्या गरेको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–२० का २० वर्षीय शेखनवि आलम र २१ वर्षीय शेख सलिम रहेका छन् । उनिहरुले एक युवकको घाँटी रेटी हत्या गरेको आरोपमा प्रहरीले बाराबाट दुई युवालाई पक्राउ गरेको हो ।

प्रहरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार उनीहरूलाई बाराको जितपुर सिमरा–१०, बस्डिल्वा बस्ने २५ वर्षीय दीपक पासवानको हत्या गरेको आरोपमा पक्राउ गरिएको हो । यही जेठ ६ गते बस्डिल्वास्थित कठोहखोलाछेउमा बालुवामा पुरिएको अवस्थामा पासवानको शव फेलापरेको थियो । रासस