काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुनचाँदीको कारोबार मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ कायम भएको छ ।

यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा नै कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो पनि छापावाल सुन र तेजाबी सुन सोही मूल्यमा कारोबार भएको थियो । आज पनि स्थिर रहेको छ ।

नेपाली बजारमा आज चाँदीको कारोबार मूल्य पनि स्थिर छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ७० रुपैयाँ कायम रहेको छ ।