फाइल तस्वीर
कास्की – पोखरा महानगरपालिकाको मेयरमा गठबन्धनका उम्मेदवार धनराज आचार्य मतगणनाको अग्रतालाई बलियो बनाउँदै जितको नजिक पुग्नु भएको छ । नेकपा एकीकृत समाजवादीबाट गठबन्धनको उम्मेदवार बन्नुभएका आचार्य आफ्ना निकटम प्रतिस्पर्धी एमालेका कृष्णबहादुर थापाभन्दा ४ हजार ४३६ मतले अगाडि हुुनुहुन्छ ।

वैशाख ३० गते सम्पन्न निर्वाचनमा पोखरा महानगरपालिकामा १ लाख ४३ हजार २२६ मत खसेको थियो । १ लाख ३० हजार ७२७ मतगणना भैसकेको र अब १२ हजार ५३९ मतगणनाको काम भैरहेको छ । अहिलेसम्म १ लाख ३० हजार ७२७ मतगणना हुँदा गठबन्धनका मेयरका उम्मेदवार आचार्यले ५२ हजार ९७२ मत प्राप्त गर्नुभएको छ । यसैगरी उहाँका निकटम प्रतिस्पर्धी एमालेका थापाले ४८ हजार ५३६ मत पाउनु भएको छ ।

उपमेयरमा भने नेकपा एमालेकी मञ्जुदेवी गुरुङ जितको नजिक पुग्नु भएको छ । गुरुङले ५५ हजार ५०४ मत पाउँदा उहाँ आफ्नो प्रतिस्पर्धीभन्दा ४ हजार २ मतले अगाडि हुनुहुन्छ । नेपाली काङ्ग्रेसकी उम्मेदवार कोपिला रानाभाटले ५१ हजार ४८२ मत प्राप्त गर्नुभएको छ । महानगरपालिकामा अब लगभग १२ हजारको हाराहारीमा मत गन्न बाँकी छ । मतगणनाको काम भैरहेको छ । अहिलेसम्मको मत गणनाको अग्रतालाई हेर्दा मेयरमा गठबन्धनका उम्मेदवार धनराज आर्चाय र उपमेयरमा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङले जित हातपार्ने सम्भावना बलियो बन्दै गएको छ ।