फाइल तस्वीर
चितवन – वैशाख ३० गतेसम्पन्न स्थानीय निर्वाचन अन्तगर्त भरतपुर महानगरपालिकाको मतगणनाको नतिजा आउन अझै बाँकी छ । पछिल्लो मतगणनाको प्राप्त विवरण अनुसार उक्त महानगरपालिकाको मेयर तथा उपमेयर पदमा क्रमशः नेकपा माओवादी केन्द्रकी रेणु दाहाल र चित्रसेन अधिकारीले आफ्ना निकटतम प्रतिस्पर्धीलाई भारी मतअन्तरले पछिपार्दै आएका छन् । मेयरकी उम्मेदवार रेणु दाहाल र एमालेका प्रत्यासी विजय सुवेदीबीचको मतान्तर १० हजारभन्दा बढी छ ।

रेणु दाहालले ४४ हजार ३०५ मत पाउँदा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३४ हजार १७९ मत पाएका छन् । रेणुले १० हजार १२६ मतको अग्रता लिंदा तेस्रा प्रतिस्पर्धी जगन्नाथ पौडेलसँगको मतान्तर ३० हजार ७९० रहेको छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको १३ हजार ५१५ मत मात्र छ ।

यसैगरी उपप्रमुखमा नेपाली काङ्ग्रेसका उम्मेदवार चित्रसेन अधिकारी पनि आफ्नो निकटम प्रतिस्पर्धीभन्दा धेरै मतान्तरले अगाडि छन् । राप्रपाकी उम्मेदवार हिमला गुरुङले २७ हजार ४६ मत प्राप्त गर्दा चित्रसेन अधिकारीको मत ४५ हजार ४६८ रहेको छ । हिमलाभन्दा चित्रसेन १८ हजार ४२२ मत अन्तरले अगाडि छन् ।

कुनै पनि विवाद उत्पन्न नभएमा भरतपुर महानगरपालिकाको मतगणनाको अन्तिम नतिजा आज साँझसम्म आउन सक्ने सम्भावना रहेको छ ।