फाइल तस्वीर
काकाठमाडौं – काठमाडौं महानगरपालिकाको प्राप्त पछिल्लो मत परिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह अग्रस्थानमा रहनु भएको छ । महानगरको १ लाख २८ हजार ४ सय ८५ मत गणना हुँदा मेयर पदका उम्मेदवार साहले ४३ हजार ८ सय ५० मत प्राप्त गर्नुभएको छ ।

साहका निकटम प्रतिस्पर्धी नेपाली काङ्ग्रेसकी सिर्जना सिंहको २५ हजार ९ सय ४४ मत रहेको छ । बालेन्द्र साहभन्दा झण्डै १८ हजार मतले पछि रहनु भएकी सिंहलाई पछ्याउँदै नेकपा एमालेका उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा हुनुहुन्छ । स्थापितले २५ हजार ५९ मत प्राप्त गर्नु भएको छ ।