फाइल तस्वीर
काठमाडौं – सरकारी स्वामित्वमा रहेको नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले आइतबार राति १२ः०० बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

निगमले पेट्रोल, डिजेल र मट्टितेलमा १०/१० रुपैयाँ र खाना पकाउने ग्यास प्रतिसिलिन्डर २ सय रुपैयाँ बढाइएको निगमले जनाएको छ । नयाँ कायम गरिएको मूल्य अनुसार पेट्रोल प्रतिलिटर १८० रुपैयाँ, डिजेट प्रतिलिटर १६३ रुपैयाँ, मट्टितेल १६३ रुपैयाँ र खाना पकाउने एलपी ग्यासको मूल्य १ हजार ८ सय रुपैयाँ उपभोक्ता मूल्य तोकिएको छ ।

निगमले ११ महिनाको बिचमा पेट्रोलमा ७८ रुपैयाँ मूल्य बढाएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर दुई सय रुपैयाँ बढाएर १ हजार ८ सय रुपैयाँ पुर्याएको छ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिले ढुवानी भाडा बढ्न गै त्यसको प्रत्यक्ष असर हरेक सामानको मूल्यवृद्धि हुने र महङ्गी बढ्ने हुन्छ । यसको प्रत्यक्ष असर सर्वसाधारण नागरिकले झेल्नु पर्ने छ ।