फाइल तस्वीर
चितवन– चितवनस्थित भरतपुर महानगरपालिकाको मेयर पदको निर्वाचन पछिल्लो मत परिणामअनुसार नेकपा माओवादी केन्द्रकी मेयरकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले आफ्नो निकटम प्रतिद्वन्द्वीलाई पछिपार्दै अग्रता फराकिलो बनाउँदै लगेकी छन् । रेणु दाहाल र एमालेका उम्मेदवार विजय सुवेदीबीचको मतान्तर ९,८३४ ले बढि छ ।
एक लाख १ हजार ९४५ मतगणना सकिँदा रेणुको पक्षमा ४३ हजार २३७ मत परेको छ भने निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार विजय सुवेदीले ३३,४०३ मत प्राप्त गरेका छन् । स्वतन्त्रबाट उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १३ हजार २९० मत पाएका छन् ।


उपमेयरमा नेपाली काङ्ग्रेसको उम्मेदवार चित्रसेन अधिकारीको पक्षमा ४४ हजार ६४७ मत प्राप्त गर्दै पहिलो स्थानमा रहँदा एमाले र राप्रपाकी साझा उम्मेदवार हिमला गुरुङ धेरै मतले पछिपरेकी छन् । भरतपुर महानगपालिकाको अन्तिम मतपरिणाम भोलि बिहानसम्म आउन सक्ने बताइएको छ ।