काठमाडौं – साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला सात सय रुपैयाँले वृद्धि भएको हो ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोला ९७ हजार ५ सय रुपैयाँ कायम गरिएको महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदीको बजार मूल्य प्रतितोला १ हजार २ सय ७० रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।