फाइल तस्वीर

फ्रान्स – फ्रान्सको उच्च पहाडमा एक पर्यटकीय विमान दुर्घटना हुँदा एकै परिवारका चार सदस्यसहित पाँच जनाको मृत्यु भएको छ । शनिबार दिउँसो दक्षिणपूर्वी फ्रान्सको ग्रेनोबलनजिकै भर्साउड एयरफिल्डबाट उडान भरेको केही समयपछि विमान दुर्घटना भएको हो ।

विमानस्थलबाट दुर्घटनाग्रस्त क्षेत्र आधा घण्टाको दूरीमा रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । विमानको जलेको भग्नावशेषमा चार वयस्क र एक बच्चाको शव फेला परेको दुर्घटनाका प्रत्यक्षदर्शीहरूले आपतकालीन सेवाहरूलाई जानकारी दिएका छन् ।

विमानमा आगो निभाउन करिब ६० अग्नि नियन्त्रक परिचालन गरिएको थियो । दुर्घटनाबारे छानबिन भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।