पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सिजनको अन्तिम खेलमा सानदार जित निकाल्दै सिजनको सुखद अन्त्य गरेको छ । फ्रेन्च लिग वान च्याम्पियन अन्तर्गत घरेलु मैदानमा शनिबार राति भएको खेलमा पीएसजीले मेट्जलाई ५–० गोलको फराकिलो अन्तरले हराउँदै सहज जित निकालेको हो ।

एकपक्षीय खेलमा पीएसजीलाई जिताउन केलियन एमबाप्पेले ह्याट्रिक पूरा गरेका थिए । नेयमार र एन्जल डि मारियाले एक/एक गोल थप्दै आफ्नो टिमलाई सुखद नतिजा दिन सफल भए । पीएसजीले खेलको २५औं मिनेटमा एमबाप्पेको गोलबाट सुरुवाती अग्रता लिएको थियो । त्यसको २८ औं मिनेटमा लियोनेल मेस्सीको पासमा एमबाप्पेले दोस्रो गोल गरे । विपक्षी टोली मेट्जको कमजोरीको फाइदा उठाउँदै पीएसजीका लागि ब्राजिलीयन स्टार नेयरमारले खेलको ३२ औं मिनेटमा गोल गर्दै आफ्नो टिमको जित बलियो बनाए ।

पहिलो हाफमा तीन गोलको अग्रता बनाएको पीएसजीले दोस्रो हाफको सुरुवाती ५ मिनेटमा एमबाप्पेले पुनः १ गोल गर्दै ह्याट्रिक पूरा गर्दै आफ्नो टिमले ४ गोलको नतिजा निकाल्न सफल भए । एक पक्षीय खेलमा पीएसजीले ६७ औं मिनेटमा अर्को गोल गर्ने अवसार प्राप्त गर्यो । खेलको ५८औं मिनेटमा मेट्जका बोउबाकार दोहोरो पहेँलो (रातो) कार्ड पाएर १० खेलाडीमा सिमित भएको १० मिनेट पछि पीएसजीका लागि एन्जल डि मारियाले ६७ औं मिनेटमा गोल गर्दै पीएसजीलाई ५–० गोलको अन्तरले खेल जिताए । यसअघिनै च्याम्पियन बनिसकेको पीएसजीले अन्तिम खेलको जितसँगै ३८ खेलबाट ८६ अङ्क बनाएको छ । रेलिगेसनको सङ्घारमा पुगेको मेट्ज ३१ अङ्क बनाएर १९ औं स्थानमा रहेको छ ।