फाइल तस्वीर
कास्की – पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धनका उम्मेदवार धनराज आचार्यले अग्रता कायम छ । उहाँका निकटम प्रतिद्वन्द्वीभन्दा र तीन हजार मतले अग्रता लिनु भएका आचार्यलाई एमालेका उम्मेदवारले पछ्याइरहनु भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयको प्राप्त तथ्याङ्क अनुसार अहिलेसम्म १ लाख १ हजार १२१ मतगणना भएको छ । जसमध्ये गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले ४० हजार ४३४ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटम प्रतिद्वन्द्वी कृष्णबहादुर थापाले ३७ हजार १७४ मत प्राप्त गर्नुभएको छ । गठबन्धनका मेयर पदका उम्मेदवार आचार्यले तीन हजार २६० मतान्तरसहित अग्रता लिइरहनुभएको छ ।


उपमेयरमा भने नेकपा एमालेका उम्मेदवारले मञ्जुदेवी गुरुङको अग्रता देखिएको छ । गुरुङ ४२ हजार ३१६ मतसहित आफ्नो निकटम प्रतिद्वन्द्वी गठबन्धनकी साझा उम्मेदवार कोपिला रानाभाटभन्दा अगाडि हुनुहुन्छ । रानाभाटले ४० हजार ७ सय ४ मत प्राप्त गर्दै एमालेकी गुरुङलाई पछ्याइरहनु भएको छ । रानाभाटको भन्दा गुरुङले १ हजार ६१२ मत बढी पाउनु भएको छ ।