फाइल तस्वीर
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलबीच प्रदेशभित्रका मुख्य योजनाहरुको बारेमा छलफल भएको छ । प्रधानमन्त्री देउवा र मुख्यमन्त्री पोखरेलबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

भेटघाटका अवसरमा मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्री देउवा समक्ष गण्डकी प्रदेशको विकासका मुख्य योजनाको सूची बुझाउनु भएको छ । आगामी आर्र्थिक वर्ष २०७९÷०८० को लागि संसद् बजेट र नीतिा तथा कार्यक्रम निर्माणको चरमा रहेकोले मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्री देउवालाई भेटेर प्रदेशका प्राथमिकतामा परेका योजनाको सूची पेश गर्नु भएको हो ।

मुख्यमन्त्री पोखरेलले ‘राष्ट्रिय विकास तथा अन्तर प्रदेश समन्वयात्मक विकासका लागि केही राष्ट्रिय गौरवका, रणनीतिक महत्वका र अन्तर प्रदेश विकासमा समेत महत्वपूर्ण हुन सक्ने आयोजनाहरूमा संघ सरकार र प्रदेश सरकारको लगानी साझेदारी हुनुपर्ने, आपसी समन्वयमा त्यस्ता आयोजनाहरूको कार्यान्वयन हुन जरुरी भएको’ बताउनु भयो । मुख्यमन्त्री पोखरेलले उत्तरगङ्गा जलाशययुक्त जलविद्युत आयोजना सञ्चालनसँगै बुढीगण्डकी जलविद्युत आयोजनाको सुरुआत गर्न आग्रह समेत प्रधानमन्त्रीसँग आग्रह गर्नुभएको छ । मुख्यमन्त्री पोखरेलले गण्डकी र लुम्बिनी प्रदेशको धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्न मुक्तिनाथदेखि लुम्बिनीसम्म जोड्ने मुक्तिमार्ग निर्माण, पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्न र फेवातालको संरक्षण तथा विकासको लागि श्रोत सुनिश्चित गर्न विशेष जोड आग्रह गर्नुभएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरलेले गण्डकी प्रदेशसँग जोडिएका मुस्ताङको कोरला, नवलपरासीको त्रिवेणी र गोरखाको लार्के नाकामा भन्सार पुर्वाधार विकास गरी व्यापार तथा वाणिज्य प्रवद्र्धन, गोरखाको आरुघाटदेखि चुमनुब्री हुँदै उत्तरी नाका लार्केसम्म मोटरबाटो निर्माण, देवघाटको प्रवद्र्धन लगायत योजनाहरुको बारेमा प्रधानमन्त्रीलाई जानकारी गराउँदा यी योजनाहरुमा सङ्घीय सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ ।

मुख्यमन्त्री पोखरेलले कालीगण्डकी नदीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने, मनाङको नार्पाभूमि गाउँपालिकाको केन्द्रमा सडक पु¥याउनका निम्ति योजना समेट्न अनुरोध गर्दै गोरखकाली रबर उद्योग र भृकुटी कागज कारखानालाई पुनः सञ्चालन गर्ने योजना ल्याउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु भएको छ ।


प्रधानमन्त्री देउवा र मुख्यमन्त्री पोखरेलबीच भएको भेटघाटका क्रममा पूर्वीनवलपरासीको गैंडाकोटमा विपी अन्तर्राष्ट्रिय खेलग्राम र नवलपुरमा ट्रमा सेन्टर स्थापनाका लागि समेत केन्द्र सरकारले बजेट विनियोजना गरिदिन अनुरोध गर्नुभएको छ । मुख्यमन्त्री पोखरेलले यसअघि पनि प्रधानमन्त्री देउवालाई दुई पटकसम्म भेटेर बजेट तथा प्रदेशका योजनाको बारेमा ध्यानाकर्षण गराउनुु भएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश र स्थानीय तहको समृद्धिमा नै समग्र मुलुकको समृद्धि निर्भर रहेको भन्दै गण्डकीबाट आएका योजनाहरुलाई प्राथमिकतामा राख्ने बताउनु भएको छ । राष्ट्रिय योजना आयोग र अर्थमन्त्रालयमा पठाउने र सकेसम्म सबै योजनालाई आगामी आर्थिक वर्ष २०७९÷०८० को बजेटमा समेट्न प्रयास गरिने प्रधानमन्त्रीले बचन दिनुभएको मुख्यमन्त्रीले बताउनु भएको छ । सरकारले अर्को हप्ता प्रनिधिनिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेट पेशगर्ने कार्यक्रम रहेको छ ।