काठमाडौं – नेकपा एकीकृत समाजवादीकी उम्मेदवार मिना लामाले हेटौंडा उप–महानगरपालिकाको मेयरमा जित हाँसिल गर्ने पक्कापक्की भइसकेको छ । लामाले निकटतम प्रतिद्वन्द्वी राप्रपाका दीपक सिंह र नेकपा एमालेका अनन्त पौडेललाई पराजित गर्दै झन्डै ३ हजार मतान्तरको अग्रता लिनुभएको छ । हालसम्मको मत हेर्दा एकीकृत समाजवादीकी उम्मेदवार मिना लामाले विजय हाँसिल गर्ने सम्भावना बलियो देखिएको छ ।