काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले वृद्धि भएर ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो नेपाली बजारमा छापावाल सुन प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तैगरी आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १५ रुपैयाँले वृद्धि भएर एक हजार २ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।