काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा राप्रपा विजयी भएको छ । ओलीको गृहनगर दमकमा राप्रपाका उम्मेदवार नगर प्रमुख राम थापा भारी मतले विजयी हुनुभएको छ । उहाँले एमाले उम्मेदवारलाई ५ सय ५९ मतले पराजित गर्नुभएको हो ।

विजयी थापाले १७ हजार ५ सय २५ मत प्राप्त गर्नुभएको छ । उहाँको निकटतम प्रतिस्पर्धी एमालेकी उम्मेदवार गीता अधिकारीले १६ हजार ९ सय ६६ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी उपप्रमुखमा भने गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका उम्मेदवार रेगिना प्रसाई विजयी हुनुभएको छ । प्रसाईले १७ हजार ७२ मत पाउँदा निकटतम प्रतिस्पर्धी एमालेका अम्बिकाप्रसाद खनालले १६ हजार ५ सय ७४ मत ल्याउनु भएको छ ।