फाइल तस्वीर
कास्की – कास्की जिल्लाको पोखरा महानगरपालिकामा मतगणना गर्ने कार्य जारी छ । प्राप्त पछिल्लो मतगणना अनुसार सत्ता गठबन्धनका साझा तथा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य आफ्ना प्रतिस्पर्धी एमालेका उम्मेदवार कृष्ण थापालाई उछिनिरहनु भएको छ । एमालेका उम्मेदवार थापाभन्दा ३ हजार मतले अघि रहनु भएका आचार्यले २६ हजार ६९८ मत प्राप्त गर्नुभएको छ । आचार्यका प्रतिस्पर्धी एमालेका उम्मेदवार कृष्ण थापाभन्दा ३ हजार मतले अगाडि हुनुहुन्छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको पछिल्लो मतपरिणाम अनुसार महानगरपालिकाको ६५ हजार ४६२ मत गणना हुँदा मेयर पदका उम्मेदवार आचार्यले २६ हजार ६९८ मत प्राप्त गर्नुभएको छ भने, एमालेका उम्मेदवार कृष्ण थापाले २३ हजार ६९८ सय मत प्राप्त गर्नुभएको छ ।

उपमेयरमा पनि गठबन्धन दलकी साझा उम्मेदवार नेपाली काङ्ग्रेसकी कोपिला रानाभाटले २७ हजार २८४ मत प्राप्त गर्नुभएको छ भने एमालेकी मञ्जुदेवी गुरुङले २७ हजार ११९ प्राप्त गर्नुभएको छ । उहाँहरुबीच भिनो मत अन्तर रहेको र काङ्ग्रेसकी रानाभाट अग्रस्थनमा हुनुहुन्छ ।