फाइल तस्वीर


काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटाको रुलिङ पछि प्रतिनिधिसभा बैठकमा विनियजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा अर्थमन्त्री जनार्दन शर्मा उपस्थित हुनुभएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दलको चासो सम्बोधन गर्नेक्रममा सभामुख सापकोटाले विनियोजन विधेयकमा उपस्थित हुन अर्थमन्त्रीलाई निर्देशन दिनुभएपछि अर्थमन्त्री बैठकमा उपस्थित हुनुभएको हो ।

केही समय अघि उक्त बैठकमा अर्थमन्त्री शर्मा अनुपस्थित हुनुभएको भन्दै सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलका सांसदले आपत्ति प्रकट गर्नु भएको थियो । यसअघि, एमाले नेता विशाल भट्टराईले विनियोजन विधेयकको छलफलमा अर्थमन्त्री नै उपस्थित नभएको बताउँदै उनको खोजि गरेका थिए । ‘अर्थमन्त्री बिना कसरी विनियोजन विधेयकमा छलफल गर्नु,’ उनले प्रश्न गरेका थिए ।

प्रतिपक्षी दलले अर्थमन्त्री जनार्दन शर्मालाई खोजेपछि सभामुख सापकोटाले छलफलमा उपस्थित हुन निर्देशन दिनुभएको थियो । प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम ८ बमोजिम सम्बन्धित मन्त्रालयका मन्त्रीको बैठकमा उपस्थिति हुनपर्ने व्यवस्था छ ।