फाइल तस्वीर


काठमाडौं – प्रतिनिधिसभाको आज बिहीबारको बैठकमा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफल गर्ने सुची भएता पनि अर्थमन्त्री जनार्दन शर्मा बैठकमा अनुपस्थिति भएका कारण सत्तारुढ दल नेपाली काङ्ग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले आपत्ति जनाएका छन् । बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा अर्थमन्त्री नै सहभागी नहुनु दुखद भएको भन्दै नेपाली काङ्ग्रेसका सांसद मिनेन्द्र रिजाल र एमालेका प्रमुख सचेतक विशाल भट्टराई आपत्ति जनाउनु भएको छ ।

एमालेका प्रमुख सचेतक भट्टराईले यसबारे सभामुखको ध्यानाकर्षण गराएउनु भएको छ । लगत्तै सभामुख अग्निप्रसाद सापकोटाले यसबारे आफ्नो ध्यानाकर्षण भएको भन्दै अर्थमन्त्री शर्मालाई छलफलमा सहभागी हुन रुलिङ गर्नु भयो । सरकारले आगामी आर्थिक वर्ष २०८९÷०८० को बजेट जेठ १५ गते सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सोही अनुरुप प्रतिनिधिसभा बैठकमा यतिबेला आगामी आर्थिक वर्षको बजेटबारे छलफल चलिरहेको छ ।