काठमाडौं – जनता समाजवादी पार्टीका अध्यक्ष तथा बाबुराम भट्टराईले ५० वर्षदेखि नेपालको आर्थिक विकास शून्यमा रहेको बताउनुभएको छ । ‘विनियोजन विधेयक २०७९ को सिद्धान्त र प्राथमिकतामाथि प्रतिनिधिसभामा भइरहेको छलफलमा बोल्दै डा. भट्टराईले आर्थिक क्रान्ति आवश्यक रहेको बताउनुभएको हो ।

जसपा अध्यक्ष भट्टराईले भन्नुभयो, ‘आजभन्दा ४० वर्षअगाडि नेपालको प्रतिव्यक्ति आय ३ सय डलर थियो । अहिले पनि अवस्था त्यस्तै छ । हामीसँगैका देशहरूले १२ हजार डलर प्रतिव्यक्ति आय पु¥याइसके ।’ आर्थिक वृद्धिदर सुस्त हुनु, कृषि प्रणालीलाई आधुनिकीकरण गर्न नसक्नुजस्ता कारणले नेपाल ४० वर्षदेखि एउटै स्थानमा रहेको बताउँदै उहाँले कृषि अर्थतन्त्रलाई औद्योगिक अर्थतन्त्रमा रुपान्तरण नगरेसम्म देशको अर्थतन्त्रमा सुधार नआउने धारणा व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अब औद्योगिक क्रान्ति गर्न नेपालले दुई अङ्कको आर्थिक वृद्धिदर र दुई दशक निरन्तर नारा बनाएर अगाडि बढे मात्रै अर्थतन्त्र बलियो बनाउन सकिन्छ ।’