फाइल तस्वीर


काठमाडौं – कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालय क्रिकेट मैदानमा महिला टी–२० अन्तर्राष्ट्रिय श्रृङ्खला प्रतियोगिता सञ्चालन भैरहेको छ । स्वदेशी टिम नेपाल र युगाण्डाबीच जारी खेलमा टस जितेर व्याटिङ गरिरहेको छ । नेपालले युगाण्डासँग गृह मैदानमा भिडेको यो तेस्रो खेल हो । नेपालले यस अघि खेलेका दुवै खेलमा युगाण्डासँग हार व्यहोरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पाँच खेलको महिला टी–२० अन्तर्राष्ट्रिय श्रृङ्खला अन्तर्गतको जारी तेस्रो खेलमा नेपालले तीन खेलाडी परिवर्तन गरेको छ । जसअनुसार ज्योति पाण्डे र रोमा थापा र सङ्गीता राईलाई काजल श्रेष्ठ, कविता जोशी र अप्सरी बेगमको स्थानमा प्रतिस्थापन गरिएको छ ।

नेपालको प्लेइङ ११: रुविना क्षेत्रीको कप्तानीमा रहेको नेपाली महिल क्रिकेट टिमले आजखेलमा केही सुधार गर्ने अपेक्षा गरिएको छ । नेपाली टिमका कप्तान रुविना सहित सीता राना मगर, इन्दु बर्मा, सरिता मगर, विन्दु रावल, सबनम राई र डली भट्ट ज्योति पाण्डे र रोमा थापा र सङ्गीता राई युगाण्डा विरुद्ध मैदानमा उत्रिएका छन् ।