फाइल तस्वीर


एजेन्सी – हालसम्म ‘जिरो कोभिड केस’ दाबी गर्दै आएको उत्तर कोरिया कोरोना भाइरसको चपेटामा गाँजिएको छ । कोरोना भाइरसको सङ्क्रमणले मुलुकलाई नै गाँज्न थालेपछि उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले सबै सहरमा कडा लकडाउनको घोषणा गरेका छन् ।

उत्तर कोरियाले गत हप्ता आफ्नो पहिलो कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको रिपोर्ट पेश गरेपछि महामारीबाट अछुतो देशको संख्या तीन बाट घटेर दुई पुगेको हो । तुर्कमेनिस्तान र टुभालुमा भने हालसम्म एक जनामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छैन ।

उत्तर कोरियाली प्रशासनले मे १२ मा कोरोनाको ओमिक्रोन भेरियन्टबाट फैलिएको सङ्क्रामक ज्वरोका कारण हजारौं मानिस बिरामी भएको पुष्टि भएको बताएको थियो । उत्तर कोरियामा कोरोना सङ्क्रमित बढ्दै गएपछि किम जोङ उनले कडा लकडाउन लगाएका हुन् ।

समाचारअनुसार जुलाई २०२० मा उत्तर कोरियामा कोभिड लक्षणको पहिलो केस भेटिएपछि किम जोङ उनले उनलाई गोली हान्न आदेश दिएका थिए । खाद्यान्न र पेय पदार्थको आधारभूत आपूर्तिका लागि चीनमा निर्भर रहेको उत्तर कोरियाले कोरोनाको शुरुवाती दिनमा सीमानाका बन्द गर्नुका साथै प्रान्तबीचको आवतजावतमा प्रतिबन्ध लगाएको छ र सीमापार व्यापार पनि बन्द गरेको थियो ।

किम जोङ उनले सिमानामा कडा सुरक्षा र सीमा पार गर्न खोज्नेलाई गोली हान्न आदेश पनि दिएका थिए । विश्व स्वास्थ्य संगठनका अनुसार मार्च २०२२ सम्म उत्तर कोरियामा कुनै पनि केस रिपोर्ट गरिएको छैन । किम जोङ उनले पनि अतिविश्वासमा भ्याक्सिन आपूर्तिको प्रस्ताव अस्वीकार गरेका थिए । तर दुई महिनाअघि देशमा भाइरसले ढकढक्याउँदा दिँदा अचानक दुई करोड ६० लाख जनसंख्यामा जोखिम आयो र किम जोङ उनका हात खुट्टा सुन्निए । मे १० मा उत्तर कोरियामा ‘शङ्कास्पद लक्षण’ र ‘रहस्यमय ज्वरो’ देखिएपछि मानिसहरूलाई घरमै बस्न आदेश दिइएको चीनको सरकारी सञ्चार माध्यमहरुले सार्वजनिक गरेका छन् ।

उत्तर कोरियाको आधिकारिक समाचार एजेन्सी केसीएनएले केही व्यक्तिहरूमा कोरोनाको ओमिक्रोन सङ्क्रमण चाँडै पुष्टि ग¥यो । छिट्टै कोरोना केसको संख्या १० लाख नाघेको छ र यसलाई देशको ‘सबैभन्दा गम्भीर सङ्कट’ भनिएको छ । अहिले देश सामूहिक मृत्युको जोखिममा छ किनकि कसैलाई पनि खोप दिइएको छैन र ठूलो जनसंख्या कुपोषणको चपेटामा छ ।

यस्तो अवस्थामा उत्तर कोरियाको प्रशासनले बाहिरी सहयोग लिने कि देशलाई अलग्गै राख्ने भन्ने प्रश्न उठेको छ । कतिपयले भनेका छन् कि यदि कोरोनाका केसहरू यसरी नै बढिरह्यो भने किम जोङ उन बाहिरी सहयोग र मानवीय सहायता लिन टोली बोलाउन बाध्य हुनेछन् । तर, यसबारे निश्चित रूपमा यसै भन्न गाह्रो छ ।