फाइल तस्वीर

रुस र युक्रेनको लडाईंले आगामी केही महिनादेखि विश्वमा खाद्य सङ्कट आउन सक्ने संयुक्त राष्ट्र सङ्घले जनाएको छ । संयुक्त राष्ट्र सङ्घ महासचिव एन्टोनियो गुटेरेसले रुस र युक्रेनबीचको युद्धले विश्व खाद्य सङ्कटलाई थप बढाइदिएको बताउनु भएको छ । यही युद्धका कारण अहिले विश्व अर्थतन्त्रमा प्रतिकुल पारेको छ । संसारभर मूल्यवृद्धि अत्यधिक छ र यसले सबैभन्दा धेरै गरिब देशलाई प्रभावित पारिरहेको छ ।

महासचिव एन्टोनियो गुटेरेसले आफ्नो सम्बोधनमा युक्रेनको खाद्य निर्यातलाई हमला अघिको स्थितिमा पुर्याउन नसके आगामी दिनमा विश्वले धेरै वर्षसम्म भोकमरीको सामना गर्नुपर्ने बताउनु भएको छ ।