फाइल तस्वीर
सप्तरी— सप्तरी जिल्लाको सुरूङका नगरपालिकाको मेयर र उपमेयर पदमा नेपाली काङ्ग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । नगरपालिकाको मेयरमा गीता चौधरी र उपमेयरमा रुद्रबहादुर कार्की निर्वाचित भएका हुन् ।


मेयर पदमा निर्वाचित चौधरीले ७ हजार २ सय ९२ मत ल्याएर विजयी भएकी हुन् । उनको निकटम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका रामनारायण चौधरीले ४ हजार १ सय १७ ल्याएका थिए । उपमेयरमा नेपाली काङ्ग्रेसका रुद्रबहादुर कार्की निर्वाचित भएका हुन् । उनले एकीकृत समाजवादीकी उम्मेदवार सुनीता कुमारी मुखियालाई पराजित गरेका हुन् ।