चितवन – भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनकी उम्मेदवार रेनु दाहालले फराकिलो मतान्तरसहित अग्रता कायम राख्नुभएको छ । २७ हजार ४ सय ३८ मतगणना हुँदा रेनुले ९ हजार ९ सय ७० मत प्राप्त गर्नुभएको छ भने एमालेका विजय सुवेदीले ८ हजार २ सय ८५ मत प्राप्त गर्नुभएको छ । पछिल्लो परिणाम अनुसार रेनु र विजयको मतान्तर १ हजार ७ सय १२ रहेको छ ।

सत्ता गठबन्धनका बागी उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ५ सय ४ मत प्राप्त गर्नुभएको छ । यसैगरी उपमेयरमा काङ्ग्रेसका चित्रसेन अधिकारीले ११ हजार ९ सय ५६ मतसहित अग्रता कायम राख्नुभएको छ भने एमालेकी हिमला गुरुङले ६ हजार ७ सय ४२ मत प्राप्त गर्नुभएको छ ।