ललितपुर– ललितपुर महानगरपालिकाको वडा नम्बर ८ को वडाध्यक्षमा नेपाली काङ्ग्रेसका बाबुरत्न महर्जन विजयी हुनुभएको छ । उहाँ १ हजार ५ सय १६ मतसहित विजयी हुनुभएको हो ।

२ सय ९४ मतान्तरसहित उहाँले एमालेका राजमान महर्जनलाई हराउनुभएको हो । पराजित हुनुभएका राजमान महर्जनले १ हजार २ सय २२ मत प्राप्त गर्नुभएको छ ।

वडाध्यक्ष जित्नुभएका बाबुरत्न महर्जनले आफूले जितेसँगै अब सबैभन्दा पहिले खानेपानीको समस्या समाधान गर्ने बताउनुभयो ।