फाइल तस्वीर
काठमाडौं – भारतले नेपालका लागि नवीन श्रीवास्तवलाई नयाँ राजदूतमा नियुक्त गरेको छ । नेपालका लागि भारतीय निवर्तमान राजदूत विनयमोहन क्वात्रा भारतीय विदेश सचिवमा नियुक्त भएपछि श्रीवास्तवलाई भारतले नेपालका लागि नयाँ राजदूतमा नियुक्त गरेको हो ।

नव नियुक्त राजदूत श्रीवास्तव छिट्टै जिम्मेवारी सम्हाल्न नेपाल आउने विदेश मन्त्रालयले जनाएको छ । सन् १९९३ मा भारतीय विदेश सेवामा प्रवेश गरेका श्रीवास्तव चीनको संघाइमा महावाणिज्यदूत र कम्बोडियाका लागि राजदूत भइसकेका छन् ।

यसअघि श्रीतास्तव भारतको विदेश मन्त्रालयको पूर्वी एशिया डिभिजनको प्रमुखका रूपमा कार्यारत थिए । उनलाई चीन मामिलाका जानकारका रूपमा चिनिन्छ ।