फाइल तस्वीर
काठमाडौं – नेपाली बजारमा पहेंलो धातु सुनको मुल्यमा उतार–चढाव भैरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मङ्गलबार छापावाल सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको । महासंघले आजको कारोबार मूल्य तोक्दै सुनको मूल्य २ सय रुपैयाँले बढेको जानकारी दिएको छ ।


आज छापावाल सुन प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । तेजाबी सुनको मूल्यमा पनि २ सय रुपयाँले वृद्धि भै प्रतितोला ९६ हजार २ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । जेठ १ गते तोलामा १२ सय ४० रुपैयाँका कारोबार भएको चाँदीको मूल्य आज प्रतितोला १२ सय ६० रुपैयाँ पुगेको छ ।