ललितपुर – ललितपुर महानगरपालिका वडा नम्बर ३ मा पनि नेकपा एकीकृत समाजवादीले वडाध्यक्षमा जित हाँसिल गरेको छ । एसका उम्मेदवार श्रीगोपाल महर्जन १ हजार ५ सय २५ मतका सहित विजयी हुनुभएको हो ।

उहाँका प्रतिस्पर्धी नेपाली काङग्रेसका बालकृष्ण महर्जनले ८ सय ४२ मत प्राप्त गर्नुभएको छ । एमालेका अष्टबहादुर महर्जनले ३ सय ८६ मत र राप्रपाका ज्ञानेन्द्र बिडारीले १ सय ८३ मत प्राप्त गर्नुभएको छ ।

योसँगै ललितपुर महानगरपालिकाका दुई वटा वडामा एकीकृत समाजवादीले जित हाँसिल गरेको छ । यसअघि ललितपुर महानगरपालिका वडा नम्बर २ को अध्यक्षमा नेकपा एसकै राजेशकुमार महर्जन विजयी भइसक्नुभएको छ । वडा नम्बर १ मा भने स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार निर्वाचित हुनुभएका छन् । १, २ र ३ को नजिता आइसकेको छ । अन्य वडाको मतगणना जारी रहेको छ ।