रमणबहादुर थापा, फाइल तस्वीर
पाल्पा – पाल्पाको रामपुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काङग्रेसका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा रमणबहादुर थापा र उपप्रमुखमा बालकुमारी थापा विजयी भएका हुन् । मेयरमा विजयी थापाले एमालेका शिव अर्याललाई हराएका हुन् भने उपमेयरमा विजयी बालकुमारी थापाले एमालेकी दुर्गादेवी रानालाई पराजित गरेकी हुन् ।


मेयरमा जितेका थापाले १० हजार ४५६ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी एमालेका शिव अर्यालले १० हजार ८३ मत ल्याएका थिए । उप मेयरमा विजयी बालकुमारी थापाले १० हजार ३०७ मत ल्याउँदा उनको निकटम प्रतिद्वन्द्वी एमालेकी दुर्गादेवी रानाले १० हजार २५० मत प्राप्त गरेकी थिइन ।
रामपुर नगरपालिकाका दश वडामध्ये १, २, ४, ५, ६, ७ र ९ मा नेपाली काङग्रेस र ३, ८ र १० मा एमालेका उम्मेदवारहरु निर्वाचित भएका छन् ।