काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा सात जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । दुई हजार १ सय ८८ जनामा नमुना परीक्षण गर्दा ७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

हाल देशभर कोरोनाका सक्रिय सङ्क्रमितको संख्या १ सय ४२ जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।