काठमाडौं – काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले दोब्बर मतले अग्रता बढाइरहेका छन् । १२ बजेसम्म प्राप्त मतपरिणाम अनुसार शाहले २ हजार ६ सय १ मत प्राप्त गर्दा एमालेका उम्मेदवार केशव स्थापितले १ हजार ४ सय १५ मत प्राप्त गरेका छन् ।

यसैगरी गठबन्धनको तर्फबाट नेपाली काङ्ग्रेसकी उम्मेदवार सिर्जना सिंहले १ हजार ३ सय ५९ मत प्राप्त गरेकी छन् । काठमाडौं महानगरपालिकाको वडा नं १, २, ३, ४ र ३२ मा मतगणना राजधानीको सभागृहमा जारी रहेको छ ।

स्वतन्त्र उम्मेदवार बालेनले मतान्तर बढाउँदै जाँदा काठमाडौंको मतगणना झनै रोचक बन्दै गएको छ । कर्मचारी अभावका कारण मतगणनामा ढिलो भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।