सिरहा – सिरहाको औरही गाउँपालिका–५ मा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा औरही गाउँपालिका–१ बस्ने ३० वर्षीया तेतरी देवी दास रहेकी छन् ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारको क्रममा प्रादेशिक अस्पताल सिरहामा मृत्यु भएको प्रहरीले जनाएको छ । भारतीय नम्बर प्लेटको मोटरसाइकलले पैदल हिडिरहेकी दासलाई हिजो बेलुकी ७ बजे ठक्कर दिएको प्रहरीले जनाएको छ । मोटरसाइकलसहित चालकलाई जिल्ला प्रहरी कार्यालय सिरहाले नियन्त्रणमा लिएको जनाएको छ ।