फाइल तस्वीर


कारुकी – पोखरा महानगरपालिकाको मतगणनामा एकीकृत समाजवादीले अग्रता कायम राखेको छ । मतगणनाबाट प्राप्त पछिल्लो अपडेट अनुसार मतगणनामा गठबन्धनका तर्फबाट प्रमुख पदका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यले ९ सय २३ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका तर्फबाट प्रमुख पदका उम्मेदवार कृष्ण थापाले ८ सय ६ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै उप–प्रमुखमा गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका कोपिला रानाभाटले १ हजार २८ मत प्राप्त गर्नुभएको छ भने एमालेका मञ्जुदेवी गुरुङले ९ सय ४ मत प्राप्त गर्नुभएको छ ।