फाइल साङ्केतिक तस्वीर
काठमाडौं – मतगणना सकिएका १२ पालिकामध्ये नेपाल कम्युनिस्ट पार्टी एमालेले ६ स्थानमा विजय प्राप्त गरेको भने नेपाली काङ्ग्रेस तीन पालिकामा विजयी भएको छ । मनाङको सबै पालिकाको मत गणना सकिएको छ । मनाङका दुई पालिका एमाले र दुई पालिकामा काङ्ग्रेसले जितेको छ ।

यसैगरी मुस्ताङ जिल्लाको चार पालिकाको पनि मत परिणाम आइसकेको छ । त्यहाँ एमालेले तीन पालिकामा जितेको छ । त्यस्तै, डोल्पाको एक पालिका पनि एमालेले जित निकालेको छ । अहिलेसम्म १२ वटा पालिकाको नतिजा सार्वजनिक भैसकेको छ । जसमध्ये नेकपा एमाले पहिलो, नेपाली काङ्ग्रेस दोस्रो हुँदा एकृकीत समाजवादीले दुई पालिकामा जित निकालेर तेस्रो स्थानमा छ । नेकपा माओवादी केन्द्रले पनि एक पालिकामा जितेको छ ।

नेपाली काङ्ग्रेसले मनाङका दुई र मुस्ताङका एक गरी तीन पालिका जितेर दोस्रो स्थानमा छ । नेकपा एकीकृत समाजवादी दुई पालिका निर्विरोध निर्वाचित भएको हो । नेकपा माओवादी केन्द्रले डोल्पाबाट खाता खोलेको हो ।