फाइल तस्वीर
काठमाडौं– सर्वाधिक चर्चामा रहेको चितवनको भरतपुर महानगरपालिकाको पछिल्लो मतगणनाको प्रारम्भिक नतिजा अनुसार मेयरकी प्रत्यासी रेणु दाहालले अग्रता लिएकी छन् । प्राप्त विवरण अनुसार रेणुले ६३ मत प्राप्त गरेकी छन् भने एमालेका विजय सुवेदीले ३७ र स्वतन्त्र उम्मेदवारी दिएका नेपाली काङ्ग्रेसका जगन्नाथ पौडेलले ५ र बदर ११ मत रहेतको छ ।

करिब साढे १२ बजेबाट भरतपुर महानगरपालिकाका मत गणना गर्ने कार्य सुरुगरिएको हो । चितवन उद्योग संघभित्र रहेको औद्योगिक प्रर्दशनी केन्द्रमा मतगणना भैरहेको छ । महानगरपालिकाको वडा नम्बर १ बाट मत गन्न थालिएको छ । निर्धारित समयभन्दा दुई घण्टा पछि मतगणना सुरु भएको हो । मत गणना गर्ने प्रतिनिधिको व्यवस्थापन नहुँदा ढिलाइ हुन गएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

भरतपुर महानगरको चुनावी परिणामलाई चासोको साथ हेरिएको छ। महानगरको प्रमुखमा सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालकी पुत्री रेनु दाहाल उठेकी छन् भने नेकपा एमालेको तर्फबाट विजय सुवेदी उम्मेदवार छन् । सत्ता गठबन्धनको तर्फबाट उठाएको उम्मेदवारमा चित्त नबुझेपछि कांग्रेसका जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिएका छन् ।

भरतपुर महानगरपालिकामा गठबन्धन दलको साझा उम्मेदवार रेणु दाहाल र एमालेका विजय सुवेदीबीच कडा प्रतिस्पर्धा हुने बताइएको छ । रेणु दाहाल निवर्तमान मेयर हुन् भने एमालेका विजय सुवेदी बागमती प्रदेशका निवर्तमान प्रदेश संसाद् हुन् । विजय सुवेदी एमाले नेतृ अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्री हुँदा सामाजिक विकास मन्त्री समेत भएका व्यक्ति हुन् । त्यसो त स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेर राष्ट्रियसभाको सांसद र तात्कालिन भरतपुर नगरपालिकाको उपमेयर समेत भैसकेका व्यक्ति हुन् ।