फाइल तस्वीर
काठमाडौं – ललितपुर महानगरपालिकामा मतगणना गर्ने काम सुरु भएको छ । जाउलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा मतगणना गर्ने काम सुरु भएको हो । दलका प्रतिनिधि समयमा नआइपुगेकोले मतगणना केही समय ढिलाइ हुन गएको थियो ।महानगरपालिकाको वडा नम्बर १ बाट मतगणनाको काम सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसैगरी काठमाडौं महानगरपालिकाको मतगणनाको काम भैरहेको छ । मतगणनाको प्रारम्भिक नतिजा अनुसार स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिएका छन् । राष्ट्रियसभा गृहमा भैरहेको मतगणनामा ७५ मत गन्दा मेयर पदका प्रत्यासी बालेन साहको २२, नेपाली काङ्ग्रेसकी सिर्जना सिंहको १८, एमालेका केशव स्थापितको १३ र राप्रपाका मदनदास श्रेष्ठको ३ मत छ ।

काठमाडौं महानगरपालिकाको वडा नं १ र ३२ को मतगणना भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।