रुकुम – हिजो सम्पन्न निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले सानेभेरी गाउँपालिकाको वडा नं. १ मा प्यानल सहित विजय प्राप्त गरेको छ । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको हो ।
वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका टेकबहादुर पुन विजयी भएका हुन् । पुनले ५ सय ६१ मत प्राप्त गर्दै आफ्ना प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका खले पुनलाई भारी मतले पछि पार्दै विजयी भएका छन् । टेकबहादुरका प्रतिद्वन्द्वी खले पुनले भने २ सय ८१ मत प्राप्त गरेका छन् ।

अध्यक्षमा नेकपा माओवादी केन्द्रका विर्खबहादुर विष्टले ५ सय ४७ मत सहित अग्रता कायम गरेका छन् । उनका प्रतिस्पर्धी काङ्ग्रेस–एमाले गठबन्धनबाट काङ्ग्रेसका गोरखप्रसाद चन्दले २ सय ८० मत ल्याएका छन् । यसैगरी उपाध्यक्षमा पनि नेकपा माओवादी केन्द्रकै कमला रोका पुनको अग्रता छ । उनले ५ सय ४७ मत ल्याउँदा काङ्ग्रेस–एमाले गठबन्धनबाट एमालेका प्रकाश खड्काले १ सय ५७ मत ल्याएका छन् । उपाध्यक्षमा झण्डै ४ सय मतको अन्तर देखिएको छ ।