फाइल तस्वीर
कास्की – तनहुँ जिल्लाको व्यास नगरपालिकाको निर्वाचनका क्रममामा विपक्षी समुहबाट आक्रमण गरी घाइते बनाइएका मेयर पदका स्वतन्त्र उमेदवार दीपकराज जोशीलाई थप उपचारका लागि काठमाडौं लगिने भएको छ । स्थानीय तह निर्वाचनका दिन हिजो तनहुँको रिस्तीमा जोशीमाथि आक्रमण भएको थियो ।

रिस्तीबाट उपचारका लागि दमौलीस्थित जिल्ला अस्पतालमा लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि उनलाई पोखरा ल्याइएको थियो । उपचारका लागि काठमाडौं लैजाने तयारी भएका बखत साँझपख मौसम प्रतिकुल भएका कारण उनलाई पोखरा ल्याइएको थियो ।

उनीमाथि आक्रमण गरिंदा त्यहाँ प्रहरीले सुरक्षा नदिएको उनका कार्यकर्ताहरुले बताएका छन् । नेपाली काङ्ग्रेसका कार्यकर्ताले आक्रमण गरी बुथ कब्जा गर्न खोजेपछि जोशीका प्रतिनिधिहरु भागेको र सोही खबर पाउना साथ उक्त बुथमा पुग्ने वित्तिका मेयरका उम्मेदवार जोशीमाथि आक्रमण भएको थियो । उनीमाथि आक्रमण हुँदा काङ्ग्रेसका नेता शङ्कर भण्डारी सोही स्थानमा रहेको कार्यकर्ताहरुको भनाइ छ ।

घाइते भएका जोशीको टाउँकामा नौवटा टाका लगाइएको छ । पोखराबाट थप उपचारका लागि विमानमार्फत् काठमाडौंको नयाँ बानेश्वरमास्थित फ्रन्टलाइन अस्पतालमा पठाउन लागिएको छ ।

व्यास नगरपालिकाको मेयरमा नेपाली काङ्ग्रेसबाट निवर्तमान मेयर बैकुण्ठ न्यौपाने उम्मेदवार हुनुहुन्छ भने, एमाले र काङ्ग्रेसको असन्तुष्ट पक्षबाट जोशीलाई उम्मेदवार बनाइएको छ । व्यास नगरपालिकामा गठबन्धन हुन नसकेपछि मुख्य राजनीकि दलहरुले एकल उम्मेदवारी दिएका थिए । जोशीको विजय सुनिश्चि भएकाले काङ्ग्रेसका कार्यकर्ताले उनीमाथि आक्रमण गरेको आरोप छ ।