फाइल साङ्केतिक तस्वीर
जोमसोम— हिमाली जिल्ला मुस्ताङको मतगणको परिणाम आउन थालेको छ । लोघेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्षमा एमालेले गठबन्धनका उम्मेदवारलाई पछि पार्दै विजय हात पारेको हो । उक्त पालिकाको अध्यक्षमा एमालेका छोम्पेल विष्ट ६८९ मतका साथ विजयी भएका हुन् भने उपाध्यक्षमा पनि एमालेकै छिरिङ ल्हो गुरुङ विजयी भएका छन् ।

यसैगरी मनाङको चामे गाउँपालिकाको अध्यक्षमा पनि एमालेका लोकेन्द्रबहादुर घले विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले अध्यक्षमा लोकेन्द्रबहादुर घले विजयी भएको घोषणा गरेको छ । धले दोस्रो कार्यकालका लागि पनि उक्त गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचित अध्यक्ष घलेले नेपाली काङ्ग्रेसका छिरिङ ध्वर्जे लामालाई हराएका छन् । उपाध्यक्षमा भने भने काङ्ग्रेसकी मिङमार ढोमा लामा निर्वाचित भएकी छन् ।

अध्यक्षमा निर्वाचित लोकेन्द्रबहादुर घले

अध्यक्षमा निर्वाचित घलेले ३ सय २० मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वीे काङ्ग्रेसका छिरिङ ध्वर्जे लामाले २ सय ७९ मत पाएका थिए । उपाध्यक्षमा विजयी काङ्ग्रेसकी उम्मेदवार काङ्ग्रेसकी मिङमार ढोमा लामाले ३ सय २५ मत ल्याएर विजयी हुँदा एमालेकी आशकुमारी गुरुङको पक्षमा २ सय ७४ मत मात्र परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।