साङ्केतिक तस्वीर ।
उदयपुर– मतदान केन्द्रमा प्रहरीले गोलि चलाउँदा एक जना व्यक्ति घाइते भएका छन् । उदयपुर जिल्लाको कटारी नगरपालिका अन्तर्गत वडा न. १० को मतदान केन्द्रमा बुथ कब्जा गर्न खोज्ने समूहसँग भएको मुटभेडमा प्रहरीले गोलि चाउँदा एक व्यक्ति घाइते भएका हुन् ।


गोली लागि घाइते भएका २० वर्षीय युवा नवीन कटुवाललाई उपचारार्थ स्थानीय अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार त्यहाँ बुथ कब्जा गर्नेक्रममा झडप हुँदा नियन्त्रण गर्न गोली चलाएको हो । जिल्ला निर्वाचन अधिकृतको कार्यालय उदयपुरले सोही ठाउँमा मतदाताहरूले बुथ कब्जा गर्न खोजेपछि प्रहरीले गोली चलाएको जनाएको छ ।