काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुन प्रतितोला ७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला ७ सय रुपैयाँले घटेर ९८ हजार रुपैयाँ कायम भएको हो ।


यस्तै तेजाबी सुनको मूल्य पनि तोलामा ७ सय रुपैयाँले नै घट्दै ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी चाँदीको मूल्य तोलामा १० रुपैयाँले घट्दै आज एक हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।