फाइल तस्वीर
काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले आगामी जेठ १६ गतेदेखि सञ्चालन गर्न लागेको १२ कक्षाको परीक्षा केन्द्र तोकेको छ । बोर्डको परीक्षा नियन्त्रण कार्यालयले जेठ १६ गतेदेखि २५ गतेसम्म १२ कक्षाको वार्षिक परीक्षा सञ्चालनको लागि परीक्षा केन्द्र तोकेको हो ।
परीक्षाको तालिका यस अघिनै सार्वजनिक गरेको कार्यालयले परीक्षा केन्द्र निर्धारण गरेको थियो । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले एक सूचना जारी गर्दै कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको जानकारी गराएको छ ।