काठमाडौं – नेपालमा मुलुकभरी गरी पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । कुल चार हजार १० जनाको पीसीआर र एन्टिजेन विधिद्वारा कोरोना भाइरसको परीक्षण गर्दा जम्मा १७ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसबाट सङ्क्रमित भएका मध्ये सोही अवधिमा थप २१ जना निको भएका छन् । देशभर गरी कोरोना भाइरसबाट सक्रिय सङ्क्रमित हुनेको सङ्ख्या दुई सय एक जना रहेको मन्त्रालयले जनाएको छ । कोरोना भाइरसको सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा कुनै पनि व्यक्तिले ज्यान नगुमाएको मन्त्रालयले उल्लेख गरेको छ ।