फाइल तस्वीर


काठमाडौं – स्थानीय तहको चुनावी अभियानमा केन्द्रीत पाँच दलीय सत्ता गठबन्धनको आज कास्कीमा हुने चुनावी सभालाई सम्बोधन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पोखरा जाँदै हुनुहुन्छ । पाँच दलीय गठबन्धनले गर्ने संयुक्त चुनावी सभालाई सम्बोधन गर्न अध्यक्ष प्रचण्ड पोखरा जान लाग्नु भएको उहाँको सचिवालयले जनाएको छ ।

यसअघि हिजो शनिबार अध्यक्ष प्रचण्डले मधेस प्रदेश अन्तगर्त रहेको जनकपुर उपमहानगरपालिका र सांस्कृतिक नगरी मिथिला नगरपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुभएको थियो । चुनावी अभियानमा पाँच दलीय गठबन्धनका उम्मेदवारलाई विजयी गराउन शीर्ष नेताहरुले स्थानीय नागरिकहरुसँग आग्रह गर्दै आउनुभएको छ ।

गठबन्धन दलहरूले देशका विभिन्न भागमा संयुक्त चुनावी सभा गरिरहेको छ । चुनावी अभियानमा होमिएका शीर्ष नेताहरुले पोखरामा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

जनताका जायज मागहरूलाई सम्बोधन गर्नका निम्ति स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनका उम्मेदवारलाई दिएर विजयी गराउन नेताहरुले आह्वान गर्दै आउनु भएको छ ।