फाइल तस्वीर
बुटवल– अर्को हप्ता हुने स्थानीय तहको चुनावी सभालाई सम्बोधन गर्न यतिखेर सबै ठूला दलका शीर्ष नेताहरुलाई भ्याइ–नभ्याइ भएको छ । यसैक्रममा रुपन्देहीको बुटवल पुग्नु भएका प्रधानमन्त्री रहनुभएका नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले चुनावी सभालाई सम्बोधन गर्दै गठबन्धनको जनलहर देखेर विपक्षी दलहरू अत्तालिएको दावी गर्नु भएको छ । शनिबार पाँचदलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै काङ्ग्रेस सभापति देउवाले गठबन्धनका उम्मेदवारलाई मत दिएर जिताउन आम नागरिकहरुसँग आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री समेत रहेनुभएका देउवाले गठबन्धनको तागतबाट डराएका विपक्षदलहरुले विभिन्न भ्रम छरेको बताउँदै त्यस्तो भ्रमका पछाडि नलाग्न उसस्थित जनसमुदायलाई अनुरोध गर्नुभएको छ । नेपाली काङ्ग्रेस नेतृत्वको गठबन्धनको सरकारले मात्रै सुकुम्बासी, अव्यवस्थित बसोबास, गरिबीलगायतको समस्या समाधान गर्छ, भन्दै तपाईंको ठाउँमा एमालेले जितेर यतिका वर्षसम्म जनतालाई धोका दिएको आरोप लगाउनु भयो ।

प्रधानमन्त्री देउवाले विपन्न र सुकुम्बासीहरु सधैँ भोट बैंक हुने कि आफ्नो समस्या सधैँका लागि समाधान गर्न आफ्नो भोट प्रयोग गर्ने भन्नेबारे प्रति गम्भीर भएर सोच्न सबैलाई आग्रह गर्नुभयो । काङ्ग्रे सभापति समेत रहनुभएका प्रधानमन्त्री देउवाले काङ्ग्रेसलगायत गठबन्धनका नेता कार्यकर्तालाई हौसला दिन र विकासको प्रतिबद्धता जनाउन आफू बुटवल आएको जिकिर गर्नुभयो ।

गठबन्धनले जिते ५ वर्षमा देखिनेगरी विकास गर्ने प्रधानमन्त्रीको भनाइ छ । आफ्नो ठाउँ र देशको विकास र सुशासनका लागि पनि गठबन्धनलाई भोट दिन आग्रह गर्दै प्रधानमन्त्री देउवाले ‘गठबन्धन संविधान र लोकतन्त्रको संरक्षणका लागि बनेको हो । विकास र निकासको राष्ट्रिय आवश्यकता हो, भन्दै ‘त्यसैले यसपालि गठबन्धनका सबै उम्मेदवारलाई जिताउनुस्’ भनेर चुनावी सभामा उपस्थित मतदाताहरुसँग आग्रह गर्नुभयो ।

चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले ‘ओलीजीको पार्टीलाई जिताएर के गर्नुहुन्छ ? संसद् विघटन गरेको गरै गर्नुभयो । अदालतले न्याय गरेर संसद् पुनःस्थापना ग¥यो, तर संसद चल्न दिएको छैन’ भन्दै बुटवलवासीलाई नेकपा एमालेका उम्मेदवारलाई मत नदिन अनुरोध समेत गर्नुभएको छ ।